Section 15
सम्झौता गर्नु पर्ने
(१) संस्थापकले कुनै आवास इकाई बिक्री गर्दा, भाडामा दिंदा वा अन्य कुनै पनि किसिमबाट भोग गर्न दिंदा त्यस्तो आवास इकाई खरिद गर्ने, भाडामा लिने वा अन्य कुनै पनि किसिमबाट भोग गर्न लिने व्यक्ति वा संगठित संस्थासंग सम्झौता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गरिने सम्झौतामा देहायका कुराहरु स्पष्ट रुपमा खुलाउनु पर्नेछ ः–
(क) सम्झौताका पक्षहरुको नाम र ठेगाना ।
(ख) संयुक्त आवास भवन बनेको जग्गा रहेको स्थान, जग्गाको स्वामित्व, क्षेत्रफल, जग्गाको कित्ता नम्बर र सो जग्गा तथा संयुक्त आवास भवन सम्बन्धी अन्य विवरण ।
(ग) आवास इकाई नम्बर, आवास इकाईको क्षेत्रफल, आवास इकाईमा रहेका कोठा संख्या, सुविधा र आवास इकाई सम्बन्धी अन्य आवश्यक विवरणहरु ।
(घ) आवास इकाई बिक्री, भाडामा वा अन्य कुन किसिमबाट भोग गर्न दिने हो सो को विवरण ।
(ङ) आवास इकाई बिक्री गरिने भए सो को मूल्य र भुक्तानी प्रकृया ।
(च) आवास इकाई भाडामा वा अन्य किसिमले भोग गर्न दिइने भए सो को अवधि र भाडा सम्बधी विवरण ।
(छ) आवास इकाई धनीले सामूहिक रुपमा समानुपातिक ढंगबाट उपभोग गर्न पाउने सामूहिक क्षेत्र तथा सुविधा र सीमित सामूहिक क्षेत्र तथा सुविधा सम्बन्धी विवरण ।
(ज) आवास इकाई उपभोग गर्दा पालन गर्नु पर्ने शर्त तथा आवास इकाईमा गर्न हुने र गर्न नहुने कार्यहरू ।
(झ) सामूहिक क्षेत्र तथा सुविधाको मर्मत, स्याहार सम्भार र रेखदेख गर्नको लागि व्यहोर्नु पर्ने सामूहिक खर्च र दायित्व ।
(ञ) आवास इकाई धनी र संस्थापकको अधिकार, कर्तव्य र दायित्व सम्बन्धी कुराहरु ।
(ट) संयुक्त आवास भवनको कति प्रतिशत भाग सो आवास इकाईमा परेको छ सो कुरा ।
(ठ) बीमा बापत बुझाउनु पर्ने रकम ।
(ड) अन्य आवश्यक कुराहरु ।